Main

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण

 १२ साउन, काठमाडौं । चीनले पेरिस ओलम्पिक २०२४ को पहिलो स्वर्ण जितेको छ । औपचारिक उद्घाटन भएको भोद्यीपल्ट शनिवार चीनले सुटिङ अन्तर्गत १० मिटर एअर राइफ मिक्स इभेन्टमा स्वर्ण जितेको हो ।

स्वर्ण पदकको लागि भएको खेलमा चीनले दक्षिण कोरियालाई १६-१२ ल पराजित गरेको हो । चीनिया जो८ हुवाङ युतिङ र शेङ लिहाओले मिलेर स्वर्ण जितेका हुन् ।

तर यो जोडी स्वर्ण जित्दा पेरिसमा भन्दा बाहिर थियो । पेरिसबाट बसमा करिब ३ घण्टाको दूरीमा रहेको चाटेउरोक्समा रहेको सुटिङ रेन्जमा शनिवार बिहान उनीहरुले आफ्नो देशको लागि पहिलो स्वर्ण जिताएका हुन् ।

चीनले तीन वर्षअघि जापानमा भएको टोकियो २०२० मा पहिलो स्वर्ण पदक जितेको थियो ।

शनिवारै काजाखस्तानका अलेजान्द्रा ले र इस्लाम सातपायेकले जर्मनीका अन्न जानसेन र म्याक्सिमिलियन उलब्रिनचलाई १७-५ को ले पराजित गर्दै कांस्य पदक जितेका थिए ।

पेरिस ओलम्पिकमा शनिवार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टेबलटेनिसका श्यान्टु श्रेष्ठले मेन्स सिंगल्सको प्रारम्भिक चरणमा सेनेगलका खेलाडी इब्राहिमसँग खेल्दैछन् । यस खेल जितेमा उनी अराउण्ड अफ ६४ मा प्रवेश गर्नेछन् । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समूह पी को पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टो एक्सेलसनको सामना गर्नेछन् ।

३३औं समर ओलम्पिकमा विश्वका २०६ देशबाट १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button