Main
चीन भ्रमणबाट फर्किइन् राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे
६ मंसिर, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् ।
जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फर्किएकी हुन् ।
चीन भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरसँग बेइजिङमा भेटवार्ता गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।