Main

चुरे संकल्प पद यात्रा जनकपुरमा

२३ पुस, जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै सप्तरीको भारदहदेखि सुरु भएको चुरे संकल्प पद यात्रा जनकपुरधाम आइपुगेको छ ।

गत पुस १९ गते सप्तरीको भारदहदेखि अभियानका अध्यक्ष सुनिल यादवको नेतृत्वमा सुरु भएको पद यात्रा तेस्रो दिन आइतबार साँझ जनकपुरधाम आइपुगेको हो ।

चुरे तथा वनजंगल संरक्षण अभियानले सात सुत्रीय मागसहित हुलाकी राजमार्गमा चुरे संकल्प पद यात्रा गरिरहेको छ ।

जनकपुरबाट आज पदयात्रा वीरगञ्जका लागि प्रस्थान गर्ने अभियाका अध्यक्ष यादवले बताए । वीरगञ्ज पुगेर पद यात्राको समापन हुने छ ।

अभियानले अवैध नदी दोहन तत्काल बन्दसहितको सात सुत्रिय माग राख्दै आन्दोलनको गरिरहेको छ ।

अवैध नदी उत्खनन बन्द गर्नुपर्ने, वन क्षेत्रमा वाटर रिचार्जको लागि ड्याम बनाउनु पर्ने, संघीय सरकारद्वारा नदीजन्य पदार्थ विदेश निकासी गर्ने गरी ल्याइएको विधेयक तत्काल खारेज गर्नुपर्ने, वास्तविक भूमिहीन, सकुमबासीको अधिकारका निम्ति प्रदेश सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने, मारुती सिमेन्टको वन क्षेत्रको जग्गाको लखग कट्टी गर्नुपर्ने, सिरसिया नदीलाई प्रदूषण र अतिक्रमा गर्ने उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्नेलगायतको सात सुत्रीय माग अभियानको रहेको छ ।

यी मागहरुसहित अभियानले विगत ६ वर्षदेखि विभिन्न चराणमा आन्दोलन गर्दै आएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button