Main

चेल्सीको पुनरागमन जित

१ फागुन, काठमाडौं । कोनोर गालाघरले दुई गोल गरेपछि चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ३-१ को पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा जेफरसन लेर्माले ३०औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्दै ३ गोल गर्‍यो ।

गालाघरले ४७औं मिनेटमा चेल्सीका लागि बराबरी गोल गरे । त्यसपछि इन्जुरी टाइमको पहिलो मिनेटमा गालाघरले नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको चौथो मिनेटमा एन्जो फर्नान्डनेजले गोल गर्दै चेल्सीको जित पक्का गरे ।

जितपछि चेल्सी २४ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा उक्लेको छ । प्यालेस भने २४ खेलबाट २४ अंकसहित १५औं स्थानमै छ  ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button