Main

श्रीलंकाको जेलमा रहेका नेपालीलाई आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाइने

८ फागुन, काठमाडौं । सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ ।

नेपाली नागरिकहरु चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन् ।

उनीहरुको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन ६ फागुनको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button