परीक्षा बोर्डको सेवा राजस्व बुझाएको ३ दिनपछि मात्रै

२ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले ५ चैतपछि सेवा प्रवाहमा ढिलाइ हुने बताएको छ ।
५ चैतपछि कार्यालयबाट हुने सेवा प्रवाह राजस्व बुझाएको तीन दिनपछि मात्रै दिन सकिने कार्यालयले जनाएको हो ।
विद्यार्थीको नाम, थर र जन्म मितिलगायत संशोधन सम्बन्धी कार्यको निवेदन संकलन हुने, ‘कपी अफ ओरिजिनल’ जारी गर्नेजस्ता कार्य राजस्व बुझाएको तेस्रो दिनपछि वितरण हुने कार्यालयको भनाइ छ ।
त्यस्तै ‘भेरिफिकेसन’ तथा ‘ट्रु कपी एटेस्टेड’ सम्बन्धी कार्य सोही दिन ३ बजेपछि वितरण हुने व्यवस्था मिलाइएको छ ।
१५ चैतबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापकीय कार्यको लागि कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा प्रवाहमा ढिलाइ हुने कार्यालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।