च्याम्पियन्स लिग सेमिफाइनल : पहिलो लेगमा रियल र बायर्नले खेले बराबरी

१९ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लिगमा रियल मड्रिड र बायर्न म्युनिखले २-२ को बराबरी खेलेका छन् ।
बायर्नको मैदानमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियरले दुई गोल गरेपनि जितका लागि पर्याप्त भएन । बायर्नका लागि लरेअ साने र ह्यारी केनले एक/एक गोल गरे ।
खेलको २४औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले अग्रता लिएपनि दोस्रो हाफको सुरुआती १५ मिनेटमै बायर्नले २ गोल फर्कायो । ३२औं मिनेटमा सानेले बायर्नका लागि बराबरी गोल गरे ।
यस्तै ५७औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाएका थिए । तर रियलका भिनिसियसले ८३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।
अब यी दुई टोलीबीच दोस्रो लेग मे ८ मा रियलको मैदानमा हुनेछ । उक्त खेलमा स्पष्ट जित निकाल्ने टोली फाइनल पुग्नेछ । यदि दोस्रो लेग पनि बराबरी भएमा पेनाल्टीसुटआउटबाट खेलको नतिजा निकालिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।