Main

‘छक्कापञ्जा ५’को देशब्यापी कमाइ मंगलबारसम्म १० करोड पुग्ने प्रक्षेपण

काठमाडौं । ‘छक्कापञ्जा ५’ले प्रदर्शनको छैटौं दिन मंगलबारसम्म देशब्यापी १० करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ । मंगलबार मात्रै फिल्मले डेढकरोड ग्रस कलेक्सन गर्ने अपेक्षा छ ।

वितरक ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको पाँचौ दिन सोमबारसम्म दीपकराज गिरी स्टारर फिल्मको देशब्यापी कमाइ ९ करोड रुपैयाँ हाराहारीमा रहेको विवरण उपलब्ध गराएको छ ।

‘हामीले आधिकारिक हिसाब सार्वजनिक गर्ने तयारी गरिरहेका छौं । मंगलबारसम्मको फिल्मको कलेक्सन साढे १० करोड पुग्ने हाम्रो प्रक्षेपण छ’  कम्पनीका मनोज राठीले अनलाइनखबरसँग भने, ‘मोफसलमा यो फिल्म भयानक चलेको छ ।’

उनका अनुसार, ‘छक्कापञ्जा ५’को कूल कलेक्सनमा काठमाडौं उपत्यका र मोफसलको हिस्सा करिब समान छ । यसपटक मोफसलमा फिल्मले बढी शो प्राप्त गरेको छ ।

दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरीसहित वर्षा सिवाकोटी, केदार घिमिरे, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button