Main

एक्समा केही पनि पोस्ट नगर्ने द गार्जियनको निर्णय 

२९ कात्तिक, काठमाडौं । बेलायती सञ्चार माध्यम द गार्जियनले सामाजिक सञ्जाल ‘एक्स’मा अब कुनै पनि सामग्री पोस्ट नगर्ने निर्णय गरेको छ ।

गार्जियनले सामाजिक सञ्जालमा एक्समा आफ्ना सामग्रीहरू पोस्ट नगर्ने निर्णय गरे पनि तर अरु एक्सका प्रयोगकर्ताहरूले पनि आफ्ना सामग्रीहरू पोस्ट गर्न सक्ने बताएको छ ।

यो निर्णको कारण खुलाउँदै द गार्जियनले लेखेको छ, ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ भन्ने हामीलाई लाग्छ । हामी हाम्रो पत्रकारितालाई थप प्रबर्द्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं।’

गार्जियनका अनुसार एक्समा विचलित पार्ने सामग्री धेरै पाइने भएकोले लामो समयदेखि यो निर्णय गर्ने बारे सोचिरहेको थियो । एक्समा चरम दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश भइरहेको गार्जियनले दाबी गरेको छ ।

द गार्जियनले अमेरिकी चुनावले पनि एक्स एक ‘विषाक्त’ प्लेटफर्म हो भन्ने पुष्टि भएको उल्लेख गरेको छ । यसको मालिक एलन मस्कले राजनीतिक वातावरणलाई असर पार्न प्रयोग गर्न सक्ने जोखिमलाई पनि गार्जियनले औंल्याएको छ ।

गार्जियनले प्रयोगकर्ताले एक्समा आफ्ना सामग्री शेयर गर्न सक्ने र आफ्ना रिपोर्टरहरूले पनि समाचार संकलनमा एक्स प्रयोग गर्न सक्ने स्पष्ट पारेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्सका मालिक एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरिसकेका छन् ।

ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button