Main

एमबाप्पेको गोलमा पीएसजी फ्रेन्च कपको फाइनलमा

२२ चैत, काठमाडौं । केलियन एमबाप्पेको एक मात्र गोल मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ ।

पीएसजीले रेन्सलाई १-० ले पराजित गर्दै लियोनसँग फाइनल भेट पक्का गरेको हो ।

पीएसजीका जितमा एमबाप्पेले ४०औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि ३७औं मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । तर, एमबाप्पेको प्रहार रेन्सका गोलकिपर स्टिभ मानडान्डाले बचाएका थिए ।

पीएसजीले अब उपाधिका लागि २५ मे मा लियोनसँग खेल्नेछ । लियोनले भ्यालेन्सियन्सलाई ३-० ले हराएर फाइनल पुगेको हो ।

पीएसजीले सरेवाधिक १४ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button