Main

रेसुङ्गामा ढकमक्क लालीगुराँस (तस्वीरहरु)

३० फागुन, गुल्मी । गुल्मीको रेुङ्गामा आफैंमा सुन्दर छ । लालीगुराँस फुलेपछि रेसुङ्गा वन क्षेत्र झनै रमणीयस्थल बनेको छ ।

प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल समेत रहेको रेसुङगामा ढकमक्क लालीगुराँसले फुलेपछि पर्यटकहरुको चहलपहल छ । वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउनेहरु बढेका छन् ।

रेसुङ्गा क्षेत्रमा फागुनदेखि वैशाख महिनासम्म विभिन्न थरिका गुराँस फुल्छन् ।

यो समय लालीगुराँसले रेसुङ्गा वन निकै रमणीय बनेको स्थानीय श्याम विश्वकर्माले बताए । उनले रेसुङ्गा क्षेत्रको वनैभरि फूलेका लालीगुराँसले जोकोहीको मन लोभ्याएको बताए ।

रेसुङ्गा क्षेत्रमा दैनिकजसो आन्तरिक तथा बाहृय पर्यटकहरु बढदैछन् । रेसुङ्गा क्षेत्र अवलोकनका लागि पुगेका शुद्धोधन गाउँपालिका-३ का वडाअध्यक्ष हेमबहादुर खड्काले प्रकृतिले परिपूर्ण पाएको बताए ।

उनले रेसुङ्गा क्षेत्रका विभिन्न मन्दिरहरुमा पुग्ने क्रममै बाटोबाटै देखिने लालीगुराँसको दृश्यले मनै लोभिएको बताए । रेसुङ्गा क्षेत्रको हावापानीसँगै प्रकृति पनि अत्यन्तै रमणीय रहेको उनले बताए ।

तराईमा बस्ने गरेका उनले गुराँस फूलेको देख्दा निकै रमालो लागेको बताए ।

वसन्त ऋतुसँगै फूलेका लालीगुराँसले रेसुङ्गा झनै सुन्दर बनेको गुल्मीको अश्लेवाबाट रेसुङ्गा घुम्न पुगेका कृष्णप्रसाद पाण्डेले बताए ।

रेसुङ्गामा गुराँस फूल्दा पहिलोपटक आएकाले यसक्षेत्रमा लालीगुराँस अत्यन्तै फूल्ने गरेको सुनेपनि अवलोकन गर्न पाउँदा रमाइलो लागेको पाण्डेले बताए ।

रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोटहरु भएकाले पनि संरक्षणको आवश्यकता देखिएको छ । तर, नयाँ बोट हुर्काउन कसैले चासो दिएको पाइँदैन ।

  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button