Main

जन्मकैद सजाय पाएका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

२ माघ, काठमाडौं। सर्वश्वसहित जन्मकैद सजाय पाएर फरार भएका अभियुक्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले धादिङको ज्वालामुखी गाउँपालिका-१का ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो ।

उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनलाई  कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको प्रहरीले जनाएको छ ।

दवाडीले २०५० साल फागुन २८ गते श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए । उनीविरूद्ध धादिङ जिल्ला अदालतले हत्या अभियोगमा २०६१ साल जेठ ५ गते जन्मकैदको सजाय सुनाएपछि उनी फरार भएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button