Main

जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमती कार्यसम्पादन समितिको निर्देशन

४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रदेश सम्पर्क कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकले जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

बैठकले प्रदेश संसदीय दललाई विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जम्कट्टेललाई बिहीबार राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा परेका छन् । जम्कट्टेल सरकारलाई नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button