जर्मन फुटबलका सम्राट थिए बेकनबर

२४ पुस, बर्लिन । फ्रान्ज बेकनबरले खेलाडीका रूपमा पनि विश्वकप जिते । अनि प्रशिक्षकका रूपमा पनि । जर्मनीमा उनी सबैले मनपराइएको व्यक्तित्व थियो । तिनै बेकनबरको सोमबार निधन भयो । उनी ७८ वर्षका थिए ।
उनको निधनबारे परिवारले सबैभन्दा पहिले डीपीएस समाचार संस्थालाई भनेको थियो । पछि जर्मन फुटबल संघले पनि यसबारे पुष्टि गर्यो । उनको परिवारले भनेको छ, ‘मेरा श्रीमान् तथा हाम्रा बुबा बेकनबरको शान्तिपूर्वक निधन भएको छ । त्यति बेला पूरा परिवारको उनकै साथमा थियो ।’
उनको निधनको कारण भने खुलाइएको छैन् । बेकनबरलाई बायर्न म्युनिख क्लबको इतिहासकै सबैभन्दा महान खेलाडी मानिन्छ । त्यति मात्र होइन्, उनलाई जर्मन फुटबलकै ‘काइजर’ मानिन्छ । त्यो भनेको सम्राट हो ।
पछिल्ला केही वर्षदेखि उनी स्वास्थ्यसम्बन्धी समस्याबाट भने गुज्रिरहेका थिए । बायर्नले आफ्नो वेब साइटमा लेखेको छ, ‘बायर्न क्लबका रूपमा जस्तो थियो, अब त्यस्तो कहिले पनि रहने छैन् । हामी गरिब भएका छौं, उनी विना ।’
जर्मन फुटबलमा बेकनबर सधैं केन्द्रमा रहे । जर्मन राष्ट्रिय टिमका लागि उनी भरोसा गर्न लायक पक्का डिफेन्डर थिए । उनी उनकै कप्तानीमा जर्मनीले सन् १९७४ को विश्वकप जितेको थियो । त्यसको चार वर्ष अगाडि जमर्न सन् १९६६ को विश्वकप फाइनलमा इंग्ल्यान्डसँग विवादास्पद ढंगले पराजित भएको थियो ।
सन् १९९० मा जर्मनीले विश्वकप जित्दा त्यस टिमका प्रशिक्षक थिए, बेकनबर । यसरी उनले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जिते ।
सन् १९९० को विश्वकपको धेरै विशेष अर्थ छ, किनभने त्यही समय त हो, जर्मन फेरि एक भएको, अनि बर्लिन पर्खाल पनि भट्केको । जर्मन फुटबल संघका अध्यक्ष बर्न्ड नेडोर्फले भनेको छ, ‘जर्मन फुटबलले देखेका सबैभन्दा राम्रा खेलाडीमा उनी पनि पर्छन् । पूरा विश्व फुटबलमै उनले पुर्याएको योगदानका लागि ऋणी रहनेछ ।’
यस्तै जर्मन चान्सलर ओलाफ स्कोज्जले पनि सामाजिक संजालमा लेखेका छन्, ‘बेकनबरले पुस्तौ पुस्ताका फुटबल खेलाडीलाई प्रभावित पारे ।’
ब्राजिलका मारियो जगालोको निधन भएको दुई दिनपछि बेकनबर पनि रहेनन् । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्नेमध्ये तेस्रो फ्रान्सका डिडिएर डेसक्याम्प हुन् ।
सन् २००६ मा जर्मनीले विश्वकप आयोजना गरेको थियो । त्यति बेला जर्मनीलाई आयोजनाको अधिकार जित्ने अभियानमा बेकनबरले प्रमुख भूमिका खेलेका थिए । त्यसै क्रममा उनीमाथि गलत क्रियाकपाल गरेको गम्भीर आरोप पनि लाग्यो । उनीमाथि घुस खाएको खुवाएको र आर्थिक अपचलन गरेको आरोप लागेको थियो ।
तर बेकनबरले यी आरोप कहिले पनि स्वीकारेनन् र यसले उनको छवि जर्मनीमा पनि कहिल्यै ब्रिगिएन् । बेकनबर त्यस विश्वकप आयोजना कमिटी प्रमुख थिए । सन् २०१६ मा अन्तिम पटक ब्लाइड पत्रिकाका लागि उनले लेखेका थिए, ‘न हामी कसैलाई घुस खुवाउन चाहन्छौं, न आफैं खान्छौं ।’
त्यस कमिटीका दुई अन्य सदस्यमाथि अनुसन्धान चले पनि बेकनबरमाथि कमजोर स्वास्थ्यका कारण त्यस्तो केही पनि गरिएन् । पछि यो पूरा प्रकरण त्यस्तै सेलाएर गएको थियो ।
आफ्नो खेल जीवनको अधिकांश समय बायर्नका लागि खेलेका बेकनबरले पछि सन् सत्तरी र अस्सीको दशकमा अमेरिकामा पनि खेले । बायर्नका लागि उनले पहिलो अनुबन्ध गर्दा उनी १८ वर्षकै मात्र थिए ।
उनको जन्म सन् १९४५ को सेप्टेम्बर ११ मा भएको थियो । बायर्नका लागि उनले लिबेरोको भूमिमा खेले । यो त्यस्तो डिफेन्डरको भूमिका हो, जसमा उफयुक्त समयमा अगाडि बढेर आक्रमण पनि गर्छ । अचेल यो भूमिका लगभग हराएको स्थितिमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।