Main

जापानको भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई एनआरएनएले खुवायो नेपाली खाना

२९ पुस, टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ ।

एनआरएनए जापानले स्थानीय सरकारको अनुमतिमा गत पुस १६ गते जापानको इसिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नेपाली खाना खुवाएको हो ।

इसिगावा प्रिफेक्चरको बाजीमा र सुजुसीकामा भूकम्प प्रभावितका लागि बनाइएका शिविरमध्ये दुईवटा शिविरमा रहेका ७ सय २५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।

भूकम्पको अति प्रभावित क्षेत्रमध्ये शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३ सय जना र नजिकको शिविरमा रहेका १ सय जना गरि ४ सय जनालाई खाना खुवाइएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button