टप १० ब्रोकरमध्ये सातको खरिद धेरै

१६ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा १० अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
आइतबारको कारोबार रकम साउन १ यताकै न्यून हो । पछिल्लो समय बजार घट्दा कारोबार रकम पनि घट्दै गएको छ । कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा आइतबार ३५.८ प्रतिशत हो ।
आइतबार टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब ८९ करोडको खरिद भएको छ भने ३ अर्ब ६५ करोडको बिक्री भएको छ । आइतबार टप १० ब्रोकर कम्पनीमध्ये सातमार्फत खरिद धेरै भएको छ भने तीनमार्फत बिक्री धेरै भएको छ ।
नासा, सनी र लिन्चमार्फत बिक्री धेरै भएको छ भने इम्पेरियल, भिजन, अनलाइन, दक्षिणकाली, आर्यतारा, डायनामिक र अग्रवाल सेक्युरिटिजमार्फत खरिद धेरै भएको छ ।
आइतबार टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीहरुमा अपी पावर, सानिमा माइ हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कुमारी बैंक, बुटवल पावर कम्पनी लगायत अगाडि देखिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।