Main

ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र पटक–पटक डुबानमा

२२ साउन, काठमाडौं । बागमती नदीमा आएको बाढीले ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर १ डुबानमा परेको छ ।

केन्द्रको परिसरमा घुँडामाथि पानी जमेको छ । केन्द्रको सो भवनको भूईँ तल्लामा केन्द्रले स्वास्थ्य सेवा प्रदान गरिरहेकोछ भने माथिल्लो तत्ला महालनगरपालिको वडा कार्यालय हो ।

केन्द्रका इन्चार्ज मधुकर मणि आचार्यका अनुसार अहिले पानी परिरहेका कारण भित्र गएर सफा गर्ने अवस्था छैन ।

‘अफिस भित्र राखिएको टेबुलसम्म पानी जमेको छ । अब बाहिर भएको पानीलाई हटाउने काम गछौं,’ आचार्यले अनलाइनखबरसँग भने, ‘आजमात्रै होइन, यसवर्ष तीन पटकभन्दा बढी पानी पसिसकेको छ ।’

भित्र गएर नहेरका कारण अहिले नै कति क्षतिभयो भन्ने एकीन नभएको उनले बताए ।

लतिपुरकी एक ६५ वर्षीया एक वृद्द महिला टाउको दुखेको कारण केन्द्रमा परीक्षण गर्नका लागि आइपुगेकी थिइन् । तर केन्द्रमा ताला लगाइएको थियो । भित्र स्वास्थ्यचौकी पानीले पुरै डुबानमा परेको थियो ।

‘अस्ति ७ दिन अगाडी पनि पानीले स्वास्थ्यचौकी डुबाएको थियो । आज पनि उस्तै रहेछ,’ ती वृद्ध महिलाले अनलाइनखबरसँग भने, ‘आज अब स्वास्थ्य चौकी खुल्दैन । स्वास्थ्यकर्मी पनि आउँदैनन ।’

उच्चरक्तचापको समस्या रहेकी ती वृद्द महिला निजी अस्पतालमा भएपनि उपचार गर्ने भन्दै हिडिन् ।

केन्द्रका इन्चार्ज आचार्यका अनुसार साउन १६ गते आएको बाढीले भिडियो एक्सरे, इसीजी मेसिन, ल्याब रिएजेन्ट, औषधि लगायत क्षति पुर्याएको थियो ।

‘भिडियो एक्सरे मेसिन प्रिन्टरमा पानी पेसेको थियो । आज बनाउने योजना थियो । तर आज नै पानी केन्द्र नै बन्द गर्नुपर्यो,’ आचार्यले भने ।

उक्त स्वास्थ्य केन्द्रमा ९ सयको हाराहारीमा सेवा लिने गरेका छन् ।स्वास्थ्य सेवा पाउने हकअन्तर्गत घर नजिकैको स्वास्थ्य संस्थाबाट पाउनुपर्ने कम्तीमा खोप, परिवार नियोजन, गर्भवती एवं शिशु जाँच,आधारभूत स्वास्थ्य सेवा दिँदै आएको छ ।

स्थानीय तह पाउनुपर्ने सुविधाहरुमा पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङ, औषधि वितरण, स्वास्थ्य प्रवद्र्धन, सामान्य उपचारबाट पाउँछन् । यसैगरी केन्द्रमा विशेषज्ञ चिकित्सकीय सेवा पनि दिँदै आएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button