Main

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

७ साउन, काठमाडौं । सोमबार सेयर बजारमा कुल १३ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत रह्यो ।

यस दिन यी १० ब्रोकर कम्पनीमार्फत ४ अर्ब ९७ करोड रुपैयाँको धितोपत्र खरिद भएको छ भने ४ अर्ब ९३ करोड रुपैयाँको बिक्री भएको छ ।

१० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट बिक्रीभन्दा खरिद धेरै भएको छ भने ५ वटाबाट बिक्री धेरै भएको छ । नासा, अनलाइन, सनी, आर्यतारा र लिन्चमार्फत खरिद धेरै भएको छ। त्यस्तै इम्पेरियल, भिजन, डायनामिक, दिपशिखा र एबीसीमार्फत भने खरिदभन्दा बिक्री धेरै भएको छ ।

सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गरेको नासामार्फत ८८ करोड ४७ लाखको खरिद हुँदा ६६ करोड ९५ लाख रुपैयाँको बिक्री भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button