टाटा मोटर्सको म्याक्सचेन्ज मेला आइतबार सकिँदै

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सञ्चालन गरेको म्याक्सचेन्ज मेला आइतबार सकिँदै छ ।
यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
म्याक्सचेन्ज मेला टाटा मोटर्सको नेपालभरि रहेका शोरुमहरूमा आयोजना भइरहेको छ ।
म्याक्सचेन्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।
यस म्याक्सचेन्ज मेलाको अबसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन ईभी म्याक्स खरिद गरेर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।