Main

यी हुन् अहिलेसम्मका युरोकप विजेताहरु

३२ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिने युरोको यो १७औं संस्करण हो ।

अहिलेसम्म भएका १६ संस्करणमध्ये जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि जितेका छन् ।

पछिल्लो पटक भएको युरो २०२० युरोपकका विभिन्न ११ देशमा आयोजना गरिएको थियो । जहाँ इटलील इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर ५३ वर्षपछि युरोको उपाधि जित्यो ।

अहिलेसम्म चार राष्ट्रले मात्र एक भन्दा बढी पटक युरो जितेको छ भने कूल १० राष्ट्रले युरो जितेका छन् ।

जसमा जर्मनी (पश्चिम जर्मनीहसित) र स्पेनले सर्वाधिक तीन/तीन पटक तथा फ्रान्स र इटलीले समान दुई/दुई पटक उपाधि उचालेका छन् । सोभियत युनियन, चेक रिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस र पोर्चुगलले एक-एक पटक युरो ट्रफी उचालेका छन् ।

यी हुन् अहिलेसम्मको १६ संस्करणका विजेता

सन् १९६० : सोभियत संघ

सन् १९६४ : स्पेन

सन् १९६८ : इटली

सन् १९७२ : पश्चिम जर्मनी

सन् १९७६ : चेकोस्लोभाकिया

सन् १९८० : पश्चिम जर्मनी

सन् १९८४ : फ्रान्स

सन् १९८८ : नेदरल्याण्ड्स

सन् १९९२ : डेनमार्क

सन् १९९६ : जर्मनी

सन् २००० : फ्रान्स

सन् २००४ : ग्रीस

सन् २००८ : स्पेन

सन् २०१२ : स्पेन

सन् २०१६ : पोर्चुगल

सन् २०२० : इटली

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button