Main

कर्जा विस्तार गर्न मौद्रिक नीतिले सघाउनु पर्छ : सुनिल केसी

१७ जेठ, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले लिएको आर्थिक वृद्धि हासिल गर्न १०/११ प्रतिशत कर्जा विस्तार हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रियामा उनले निष्क्रिय कर्जाको बढ्दो अनुपात र पूँजीकोषको दबाबले गर्दा मौद्रिक नीतिमार्फत सहजीकरण नगर्ने हो भने कर्जा विस्तार गर्न समस्या हुने बताए ।

बजेटले पर्यटन, हाइ्ड्रोपावर तथा ग्रिन इनर्जी र स्टार्टअप, सूचना प्रविधि र कृषिलाई प्राथमिकता दिएको र बैंकहरूले पनि ती क्षेत्रमा लगानी विस्तार गर्ने उनले बताए ।

यस्तै निजी क्षेत्रलाई पूर्वाधार निमार्णमा सहभागी गराउँदा त्यसबाट वित्तीय स्रोत परिचालन पनि हुने उनले बताए ।

बजेटको लक्ष्य अनुसार आन्तरिक ऋण उठाउँदा बैंकिङ प्रणालीमा तरलतामा केही चाप पर्ने भएपनि १ खर्बभन्दा धेरै ऋण सकारले भुक्तानी गर्नुपर्ने हुँदा त्यसले समस्या नहुने उनको भनाइ छ ।

बैंकिङ प्रणालीमा रहेको तरलता र आगामी आर्थिक वर्षमा ८ खर्बले निक्षेप वृद्धि भएमा सरकारले भुक्तानी गर्ने ऋण समेतका कारण ठूलो दबाब भने नहुने उनको तर्क छ ।

बजेटले धितो रोक्का फुकुवा लगायत कार्यमा डिजिटल इकोसिस्टम बनाउने व्यवस्था सकारात्मक रहेको उनले बताए ।

यस्तै वाह्य ऋणको ब्याजकर घटाएउँदा त्यसले वाह्य क्षेत्रमा पनि सकारात्मक सन्देश गएको उनले बताए । यसले बैंकहरूलाई वाह्य ऋण परिचालन मार्फत स्रोत व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको तर्क छ ।

बैंकहरूको सुरक्षा, नकारात्मक भावनालाई वित्तिय साक्षरता मार्फत सहजिकरण गर्ने भनेकोले वित्तीय क्षेत्रको मनोबाल बढाएको उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button