Main

टी-२० विश्वकप : अष्ट्रेलियाको लगातार तेस्रो जित

 ३० जेठ,काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणमा अष्ट्रेलियाले लगातार तेस्रो जित हात पारेको छ ।

आज बिहान वेष्टइन्डिजको नर्थ साउण्डमा भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो ।

अष्ट्रेलियाका डेभिड वार्नरले ८ बलमा २० रन बनाएर आउट भए भने ट्रभिस हेडले १७ बलमा ३४ रन र मिचेल मार्स ९ बलमा १८ रनका अविजित हुँदै जित दिलाए ।

नामिबियाका डेभिड विसले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरबमा अलआउट हुँदै ७२ रन बनाएको थियो ।

नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले ४, जोश हेजलवुड र मर्कस स्टोनिसले दुई/दुई तथा प्याट किमिन्स र नाथन एसिसले एक/एक विकेट लिए ।

यसअघि अष्ट्रेलियाले ओमान र इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button