ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूको भेटमा के भयो ? सुटमा जेलेन्स्की, पुटिनलाई ट्रम्पको फोन
३ भदौ, काठमाडौं । गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू बढी तालमेल देखियो । जेलेन्स्की सुटमा देखिएपछि यसबारे पत्रकारले उनीसँग प्रश्न पनि सोधे। पत्रकारहरूसँगको भेटमा अधिकांश प्रश्नमा ट्रम्प नै बोलिरहे । युद्धविरामबारे ट्रम्पले भने, ‘कुनै पनि शान्ति सम्झौताका अंशको रूपमा अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहभागी हुनेछ र यसलाई सुनिश्चित गर्नेछ।’ तत्काल युद्धविराम सम्भव नभएको उनले दोहोर्याइरहे । उनले भने, ‘युद्धविराम सम्झौता सकिनुअघि नै वार्ता गर्न सकिने भएकाले केवल युद्धविराम आवश्यक छैन ।’ ट्रम्पले वार्ता सकिएपछि उनी पुटिनलाई फोन गर्ने बताए । जेलेन्स्कीले अमेरिका र रूसका नेतासँग बैठकको पक्षमा रहेको संकेत गरे । उनले भने, ‘युक्रेनी जनता ट्रम्पको कूटनीतिक बाटोमार्फत युद्ध समाप्त गर्ने योजनालाई समर्थन गर्छन्।’ तर, अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको प्रश्नमा जेलेन्स्कीले भने, ‘एक सबल युक्रेनी सेना चाहिन्छ। यसका लागि हतियार, जनशक्ति, तालिम अभियान र गुप्तचर जानकारी सबै आवश्यक छन् ।’ बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो । ट्रम्पले भने, ‘अमेरिका र युरोपेली देशहरूले मिलेर यसबारे काम गर्नेछन् ।’ बैठकको बीचमै पुटिनलाई ट्रम्पको फोन ट्रम्पले बैठकको बीचमै पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेका क्रेमलिनले जानकारी दिएको छ । यस क्रममा पुटिनले रूस र युक्रेनका प्रतिनिधिहरूबीच प्रत्यक्ष वार्ताको लागि तयार भएको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।