Main

२४ स्थानमा जीवन विकासको वित्तीय साक्षरता

१५ चैत, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी विक सन् २०२४’ नाम दिएर लघुवित्तले चैत ५ गतेदेखि कोशी र मधेश प्रदेशका २४ स्थानमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा २४ क्षेत्रका तीन जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना बचतकर्ता र ७२ जना ऋणी, ७२ जना ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र शाखा अन्तरगतका उत्कृष्ट ५ वटा केन्द्र(समूह)का दरले १२० वटा केन्द्रलाई पुरस्कृत गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बताए ।

लघुवित्तले २४ स्थानका पाँच जनाका दरले १२० जना विपन्न समुदायका बालबालिकालाई ‘एडप्ट’ गर्दै एक वर्षका लागि शैक्षिक सामग्री प्रदान पनि गरेको उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button