Main

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

१८ पुस, कास्की । प्रहरीले ठगी सम्बन्धी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-६ बैदाम बस्‍ने ४० वर्षीय मिलन पहरी रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार पक्राउ परेको थियो । पक्राउ परेका उनलाई बयानका लागि प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो।

यसअघि सो प्रकरणमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

जेल चलान हुनेमा पोखरा-६, लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल छ्न् ।
उनीहरु मंसिर २२ मा पक्राउ परेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button