Main

अब्दुल्लाह र सनको शतकमा पाकिस्तानको मजबुत सुरुवात

२१ असोज, काठमाडौं । ओपनर अब्दुल्लाह सफिक र कप्तान सन मकसुदको शतकमा पाकिस्तानले पहिलो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध मजबुत ब्याटिङ सुरुवात गरेको छ ।

मुल्तानमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान पहिलो दिनको समाप्तिमा ३२८–४ को अवस्थामा छ ।

सन मकसुद १७७ बलमा १३ चौका र २ छक्कासहित १५१ रनमा एलबीडब्लू आउट भए । अब्दुल्लाह १८४ बलमा १० चौका र २ छक्कासहित १०२ रनमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि अब्दुल्लाह र सनले २५३ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । सैम अयुब ४ रन र बाबर आजम ३० रनमा आउट भए । साउद सकिल ३५ रनमा क्रिजमा छन् । पाकिस्तान र इंग्ल्यान्डबीच तीन खेलको टेस्ट सिरिज हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button