Main

इंग्ल्यान्डविरुद्ध जैसवालको सानदार दोहोरो शतक

२० माघ, काठमाडौं । भारतका युवा ओपनर यशस्वी जैसवालको दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध सानदार दोहोरो शतक हानेका छन् ।

जैसवालले स्पिनर शोएब बसिरलाई छक्का र चौका हान्दै २७७ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पूरा गरेका हुन् ।

जैसवाल २७८ बलमा १८ चौका र ७ छक्कासहित २०२ रनमा क्रिजमा छन् । विशाखापट्नममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले दोस्रो दिन पहिलो सेसनमा ७ विकेट गुमाउँदै ३७५ रन बनाएको छ ।

रोहित शर्मा १४, शुभमन गिल ३४, श्रेयस ऐर २७, रजत पाटिदार ३२, अक्षर पटेल २७ र श्रिकर भरतले १७ रन बनाए । इंग्ल्यान्डका सोएब बशिर र रेहान अहमद र जेम्श एन्डरसनले २-२ विकेट लिएका छन् । पहिलो टेस्ट खेलमा इंग्ल्यान्ड २८ रनले विजयी भएको थियो । टेस्ट पाँच खेलको हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button