Main

पोखरामा गुञ्जिए सज्जनराज वैद्य (तस्वीर)

काठमाडौं । युवापुस्तामा रुचाइएका गायक सज्जनराज वैद्य यतिबेला आफ्नो चर्चित ‘एकादेशमा नेपाल टूर २०२४’मा ब्यस्त छन् । यसअघि चितवन र बुटवलमा गुञ्जिएका उनी आइतबार सोमबार पोखरामा सुनिए ।

आफ्ना हिट गीत गाएर उनले पोखरेली दर्शकलाई मनोरञ्जन दिए । साँझ छिप्पिँदै जाँदा स्टेजमा उक्लिएका उनले आफ्ना गीतमार्फत दर्शकलाई छमछमी नचाउन बाध्य तुल्याए ।

पोखरा आफ्नो भरोसायोग्य साथी रहेको भन्दै उनले कन्सर्टमा सहभागि हुने सबै दर्शकलाई धन्यवाद समेत दिए ।

‘पोखरा एक साथी हो जसमा म सधैं भरोसा गर्न सक्छु । धुन बनाउन खोज्दा पोखराले सुन्छ, पोखराले गाउँछ र फर्किएपछि पोखराले सँगै गाउने याद आउँछ । प्रिय पोखरा, तिमी रमणीय छौ । आउँछु भनि बसकै छौ मेरी लागि पर्खि पोखरा । एकादेशमा यात्राको आधा बाटोमा ! तपाईंहरू मध्ये प्रत्येकलाई धन्यवाद’ उनले भनेका छन् ।

उनको बुटवल कन्सर्ट पनि भव्य रह्यो । नोभेम्बर ९ मा इटहरी र नोभेम्बर १६ मा काठमाडौंमा उनी गुञ्जिनेछन् । केही महिनाअघि अनलाइनखबरले सार्वजनिक गरेको ४० वर्षमुनिका ४० युवाको सूचीमा सज्जन पनि सामेल थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button