Main

डुरान्ड कपमा त्रिभुवन आर्मीको लगातार दोस्रो हार

२४ साउन, काठमाडौं । नेपालको त्रिभुवन आर्मी एफसीले भारतमा जारी डुरान्ड कप फुटबलमा लगातार दवस्रो हार व्यहोरेको छ । समूह एफको आफ्नो दोस्रो खेलमा बिहीबार आर्मी एफसी गोवासँग २-१ ले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा आर्मी घरेलु टोली शिलोङ लाजोङसँग १-० को हार बेहोरेको थियो । मेघालयस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलको पहिलो मिनेटमै आर्मीले गोल खाएको थियो ।

गोवाका लागि अबाविहले पहिलो मिनेटमै गोल गरेका थिए । यस्तै ५०औं मिनेटमा शितरोएले गोल गर्दै गोवाको अग्रता दोब्बर पारे । आर्मीका लागि बसन्त जिम्बाले ६६औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए । तर त्यसपछि गोल थप्न सकेन ।

लगातार दोस्रो हारपछि आर्मीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि सकिएको छ । दुई खेलबाट आर्मी अंकविहिन छ । ६ समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा ६ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट २ टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् ।

आर्मीले समूह चरणको अन्तिम खेल १३ अगस्टमा घरेलु टोली रङ्दाजेइद युनाइटेड एफसीसँग खेल्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button