‘डेडपुल एण्ड उल्भरिन’को नयाँ ट्रेलर : दुई सुपरहिरोबीच शक्ति संघर्ष

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘डेडपुल’को तेस्रो श्रृंखला ‘डेडपुल एण्ड उल्भरिन’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) सेट गरिएको श्रृंखलाको पहिलो फिल्म हो ।
यो फिल्ममा दुई सुपरहिरो डेडपुल र उल्भरिनबीच शक्ति संघर्ष देख्न सकिन्छ ।
‘मैले जसलाई बढी हेरचाह गर्थें, ती सबैलाई गुमाउँदैछु,’ ट्रेलरमा डेडपुल पात्र उल्भरिनलाई भन्छ । यसमा उल्भरिनको प्रतिक्रिया छ- ‘यो मसँग सम्बन्धित विषय होइन ।’
यो श्रृंखलामा रेयान रेनोल्ड्सले डेडपुल र ह्युज ज्याकम्यानले उल्भरिन पात्र निर्वाह गरेका छन् । यी दुईलाई फिल्मले सन् २०१७ को फिल्म ‘लोगन’मा हेरेका थिए । यसपटक दर्शकले उल्भरिनको पात्रलाई एमसीयूमा देख्न पाउनेछन् ।
‘डेडपुल २’ रिलिजको झण्डै ६ वर्षपछि ‘डेडपुल एण्ड उल्भरिन’ प्रदर्शन हुन लागेको हो । डिज्नी र ट्वेन्टिथ सेन्चुरी फक्स स्टुडियोबीच मर्जर भएपछि ‘डेडपुल’ सिरिज पनि गाभिएको हो ।
‘डेडपुल एण्ड उल्भरिन’ साउन २६ बाट (जुलाई २६) प्रदर्शन हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।