Main
डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
२ मङ्सिर,डोटी । डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी पठाइएको छ ।
ठक्कर दिने जिप र त्यसका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।