नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज पनि एक्सन स्पोर्टसमा

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज पनि एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्न थालेको छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी टी-२० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुन थालेको हो ।
पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरहेको डिसहोमले त्रिकोणात्मक टी-२० सिरिज पनि प्रसारण गरेको हो ।
एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।
टी-२० सिरिज अन्तर्गत मंगलबार नामिबियासँगको खेलमा नेपाल २० रनले पराजित भएको छ । नेपालले अब बुधबार नेदरल्याण्ड्ससँग खेल्ने छ ।
यसैगरी बिहीबार नामिबिया र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र नामिबिया दोस्रो खेल हुने छ ।
त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो खेल शनिबार हुने छ । आइतबार नामिबिया र नेदरल्याण्ड्सले खेल्ने छन् । शीर्ष २ टिमले आउँदो मंगलबार फाइनल खेल्ने छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।