Main

ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोली

२८ पुस, काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा हुने १६औं ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार मुख्य प्रायोजक सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ८ टोलीको सहभागिता रहने जानकारी दिए ।

यही माघ १२ देखि २२ गतेसम्म गोगंबुमा हुने प्रतियोगितामा ३ विभागीय टोली एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका, न्यू डायमण्ड, एन्जल हार्ट, धादिङ स्पोर्टस क्लब, जावलाखेल युथ क्लब तथा परोपकार स्कुल वा काठमाडौं जिल्ला भलिबल संघको सहभागिता रहने छन्त्यालले जानकारी दिए ।

यस संस्करणको ढोरपाटन महिला भलिबल डबल लिगलाई होङवाङ्जीले मुख्य प्रायोजन गरेको छ । शनिबार कार्यक्रममा होङवाङ्जीका कन्ट्री डाइरेक्टर सोनम भुटिया र ढोरपाटन क्लबका अध्यक्ष छन्त्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको लागि भएको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

नेपाली घरेलु भलिबलमै सबैभन्दा बढी चर्चित प्रतियोगिताको रुपमा रहेको ढोरपाटन महिला भलिबल लिगको विजेताले नगद ५ लाख १ हजार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार, चौथो हुनेले ७५ हजार, पाँचौं हुनेले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र एक्सटेपको जुत्ता प्राप्त गर्ने क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिए ।

यस्तै ढोरपाटन लिगको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको‌ स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिता बजेट‌ ५१ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button