भिडियो एक्स्प्लेनर : ५८ किलोमिटर माइलेज दिने ‘रे जेडआर’ हाइब्रिड

४ फागुन, काठमाडौं । यामाहाको १ सय २५ सीसी क्षमतायुक्त इन्जिन जडित ‘रे जेडआर १२५ ’ हाइब्रिड भेरिएन्टमा नेपाली बजार भित्रिएको छ । उत्कृष्ट लुक्स, पर्फर्मेन्स र विशेषले युक्त यो स्कुटर नेपाली सडक सुहाउँदो रहेको यामाहाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्रसाइजेजले बताउँदै आएको छ ।
।
‘रे जेडआर’मा चार हाइब्रिड भेरिएन्ट उपलब्ध छन् । रे जेडआर हाइब्रिड एउटा ड्रम र अर्को डिस्कमा आउँछ । यसमा हाइब्रिड प्रिमियम र हाइब्रिड प्रिमियम प्लस भेरिएन्टको विकल्प पनि छ ।
लुक्समा अब्बल
यो स्कुटरको व्यवहारिक र वैज्ञानिक बनोट नै सबैको ध्यान तान्न सक्ने खालको छ । रे जेडआरमा एलईडी हेडलाइट छ ।
यो कलर रिममा उपलब्ध छ । यसको ह्विल बेसमा रिम हुन्छन् । पास स्विच पनि यसमा छ । मल्टिफङ्सनल ‘कि’ पनि छ ।
उत्कृष्ट ढंगको एलईडी फ्ल्यास पनि छ । जसले स्कुटीलाई प्रिमियम लुक्स दिन सघाएको छ । यसमा पूरै डिजिटल डिस्प्ले छ । यहाँबाट ट्रिप लगायतका विवरण पनि हेर्न सकिन्छ ।
अनेक फिचर
प्रिमियम प्लसमा अरूमा भन्दा तीन एसेसरीज थप गरिएको छ । त्यस्तै फुट म्याट, फुट रेस्ट, अगाडि र पछाडि दुवैतिर एलईडी फ्ल्यासर छ ।
यसमा सिट स्टोरेज २१ लिटरको छ । यसले यात्रामा थप सामान लिएर हिँड्न तनाव हुँदैन ।
यसमा चार्जिङ पोर्टल पनि छ । जसले मोबाइलको चार्ज गर्न प्रयोगकर्तालाई सहज सुविधा दिन्छ । सिट मुनिबाटै फोन, क्यामरा चार्ज गर्न सकिन्छ ।
यसको ग्राउन्ड क्लियरेन्स १ सय ४५ मिलिमिटर छ । जसले खाल्डाखुल्डी भएको सडकमा पनि यात्रा सहज बनाउँछ ।
यसको फ्युल ट्यांक भने ५.२ लिटरको छ । फुल ट्यांक इन्धन भरेपछि सिटी राइडका लागि एक सातासम्म मजाले कुदाउन सकिन्छ ।
रे जेडआर हाइब्रिडमा स्र्माट मोटर जेनेरेटर (एसएमजी) पनि छ । जसले स्टार्ट गर्दा कम आवाज आउने, साइलेन्ट हुने हुन्छ । त्यो फिचर यसमा छ ।
सुरक्षामा जोड
सुरक्षाका हिसावले पनि यो स्कुटी अब्बल छ । यसमा युनिफाइड ब्रेकिङ सिस्टम छ । यसको विशेषता भनेको एउटा ब्रेक हान्दा अर्को बे्रक केही हदसम्म लाग्ने गर्छ । यो बाइकको उत्कृष्ट सुरक्षा फिचर हो ।
यसमा साइड अफ कट अन स्विच पनि छ । यसले स्ट्यान्ड लाग्दा स्टार्ट हुँदैन । रे जेडआर स्कुटरमा स्टार्ट एन्ड स्टप सिस्टम छ । यसले ५ सेकेन्डसम्म ट्राफिक जाम हुँदा, फ्युल पम्पमा रोकिँदा अटोमिटक अफ हुन्छ, तर फेरि स्टार्ट गर्न चाबी घुमाइरहनु पर्दैन, ब्रेक लगाएर एक्सिलिरेटर थिच्दा हुन्छ । यसले ४० प्रतिशत माइलेजमा सहयोग गर्छ ।
किफायती इन्जिन
यो स्कुटरमा शक्तिशाली एयर कुल्ड इन्जिन प्रयोग भएको छ । १ सय २५ सीसीको यो स्कुटरमा दुई वटा भल्ब भएको फोल्ड इन्जिन हुन्छ । यसको हर्स पावर ८.२ पीएस छ भने यसले ९.७ एनएम पावर टर्क जेनेरेट गर्छ ।
यसको माइलेज स्कुटरहरूमध्ये उत्कृष्ट नै हो । यसले सहरी भेगमा प्रतिलिटर पेट्रोल ५८ किलोमिटर माइलेज दिन्छ । रे जेडआर अहिले चार रङमा उपलब्ध छ ।
रे जेडआर हाइब्रिड प्रिमियम र प्रिमियम प्लस नेभी ब्लु र पहेँलो गरी दुई रङमा उपलब्ध छ । डिस्क भेरिएन्ट र ड्रम्प भेरिएन्ट भने कालो, रातो र निलो रङको विकल्पहरु छन् ।
कति छ मूल्य ?
यति धेरै विशेषता भएको स्कुटरको मूल्य पनि सुलभ छ । ड्रम ब्रेक रे जेडआरको २ लाख ७९ हजार ९ सय रुपैयाँ र डिस्क ब्रेकलाई २ लाख ९४ हजार ९ सय रुपैयाँ पर्छ । रे जेडआर हाइब्रिड प्रिमियम प्लसको मूल्य भने ३ लाख ५ हजार ९ सय तोकिएको छ ।
कम्पनीले बिक्रीपछि पाँच वटा निःशुल्क सर्भिसिङ सुविधा दिएको छ । इन्जिनमा दुई वर्ष र ब्याट्रीमा एक वर्षको वारेन्टी पनि छ । सर्भिसङसँगै फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
यामाहामा एक्सचेन्जको व्यवस्था पनि छ । शोरुम आएर जुनसुकै मोडेल र ब्रान्डको स्कुटर ल्याएर पनि नयाँ लैजान सकिने सुविधा पनि कम्पनीले दिएको छ ।
(यामाहाको नक्सालस्थित शोरुम ब्लु स्क्वायरका बिक्री परामर्शदाता अमित ठाकुरसँग गरिएको कुराकानीमा आधारित )
– यस समाचारको श्रोत : Online Khabar हो ।