Main

तमन्नालाई महाराष्ट्र साइबर प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलाएको छ । उनलाई अप्रिल २९ मा महाराष्ट्र साइबरमा उपस्थित हुन भनिएको छ ।

सन् २०२३ मा फेयरप्ले एपमा आईपीएलको अवैध स्ट्रिमिङको मामिलामा सोधपुछका लागि उनलाई बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अवैध स्ट्रिमिङको मामलामा भायकमले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो । प्रहरीले अहिले अभिनेत्री भाटियालाई सोधपुछका लागि बोलाएको छ । यसअघि पनि यो विषयमा धेरै कलाकारलाई सोधपुछका लागि बोलाइएको थियो ।

प्रहरीले अवैध स्ट्रिमिङको बारेमा यी कलाकारलाई पहिले नै जानकारी थियो कि थिएन भनेर पत्ता लगाउन कोसिस गरिरहेको छ ।

यसअघि अभिनेता सञ्जय दत्तलाई पनि सोधपुछमा बोलाइएको थियो तर उनी उपस्थित भएनन् । यसका लागि उनले आफ्नो बयान रेकर्ड गर्न नयाँ मिति र समय मागेका छन् । किनभने जुन मितिमा सञ्जय दत्तलाई महाराष्ट्र साइबर पुलिसले बोलाएको थियो, उनी भारतमा थिएनन् ।

फ्येरप्ले एक अनलाइन खेल पुस्तक प्लाटफर्म हो । खेललाई यो प्लाटफर्ममा अवैधरुपमा स्ट्रिम गरिएको थियो । यस विषयमा डिजिटल पाइरेसीको मुद्दा दर्ता भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button