Main

कोशी प्रदेशमा चलचित्र महोत्सव हुने

काठमाडौं । कोशी प्रदेशमा चलचित्र महोत्सव हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा यही जेठ ६ देखि ११ गतेसम्म बिर्तामोड र विराटनगरमा महोत्सव हुन लागेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । महोत्सवको व्यवस्थापन नेपाल चलचित्रकर्मी संघले गर्नेछ ।

कोशी प्रदेशमा निर्माण भएका फिल्म र प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र फिल्म क्षेत्रमा लगानी वृद्धि गर्न महोत्सवले मद्दत पुर्‍याउने आशा लिइएको नेपाल चलचित्रकर्मी संघ, कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए ।

कोशी प्रदेशका झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटा लगायत विभिन्न जिल्लामा रहेका रमणीयस्थलमा थुप्रै फिल्मको छायांकन हुँदै आएको छ । विभिन्न भाषा र समुदायका क्षेत्रीय फिल्म पनि यस प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन् ।

महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा उद्घाटन गर्ने कार्यक्रम तय छ । बिर्तामोडमा उद्घाटन र केही गतिविधि बाहेक अन्य सम्पूर्ण कार्यक्रम विराटनगरमा हुने जनाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button