Main

ताजिकिस्तानसँग नेपाल ४-० ले पराजित

२८ कात्तिक, काठमाडौं । ताजिकिस्तानमा भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पहिलो खेलमा पराजित भएको छ ।

बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको छ ।

डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको खेलमा ताजिकिस्तानका लागि शेर्भोनी माबात्सोएभ र अलीसेर जालिलोएले दुई-दुई गोल गरे ।

नेपालले पहिलो हाफमै तीन गोल व्यहोरेको थियो भने दोस्रो हाफमा थप एक गोल व्यहोर्‍यो ।

शेर्भोनीले खेलको १९औं र ४४औं मिनेटमा गोल गरे । यस्तै अलिसेरले २९औं र ४९औं मिनेटमा गोल गरे ।

फिफा वरियतामा ७१ स्थान माथि रहेको ताजिकिस्तान विरुद्ध नेपालले ७ वर्षपछि पहिलो पटक खेल्दा अहिलेसम्मकै फराकिलो हार व्होरेको हो ।

यसअघि नेपालले ताजिकिस्तान विरुद्ध तीन पटक खेल्दा तीनै पटक पराजित भएको थियो । ताजिकिस्तानसँग चौथो भेटमा नेपालले चौथो हार व्यहोरेको हो ।

नेपालले अब दोस्रो खेल शनिवार अफगानिस्तानसँग खेल्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button