Main

आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

काठमाडाैँ। आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस। हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ।

सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो। हरेक वर्ष झै यसवर्ष पारदर्शिताका क्रियाकलापहरूमा संलग्न हौं भन्ने मूल नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइँदै छ।

सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहीताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ बिश्वभरि सन् २०२४ को भ्रष्टाचार बिरुद्धको दिवसको शंखनाद गरिँदैछ।

आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धि गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ। मान्छेहरूमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ।

अर्कोतर्फ भ्रष्टाचारीहरूलाई कार्वाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटोतर्फ अघि बढ्न सकिन्छ।

नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरूले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ।

संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button