Main

नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेको रास्वपाको दाबी

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सत्ता समीकरण बनाउन मुख्य भूमिका खेलेको दाबी गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

‘बिग्रेको राजनीतिक परिस्थितिलाई हाम्रो पार्टीका सभापतिज्यूको पहलमा हामीले हस्तक्षेप गरेका छौं र हामीले यो गठबन्धन बनाउनमा मुख्य भूमिका खेलेका छौं ।’

१० पुस २०७९ मा एमाले र रास्वपा समेतको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यतिबेला पनि रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए ।

तर सर्वोच्च अदालतले उनको नेपाली नागरिकतालाई मान्यता नदिएपछि उनी पदमुक्त भएका थिए । उनी पदमुक्त भएको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार छाडेको थियो ।

एक वर्षपछि फेरि एमाले र रास्वपा सरकारमा सहभागी भएको छ । कांग्रेस सरकारबाट बाहिरिएको छ ।

नयाँ सत्ता समीकरण बनेको सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक परियारले नयाँ सत्ता समीकरण बनाउन मुख्य भूमिका खेलेको दाबी प्रस्तुत गरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button