Main

त्रिविको निमित्त रजिष्ट्रारमा कृष्णप्रसाद बस्याल नियुक्त

१८ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कानुन संकायका डीन डा.कृष्ण प्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ ।

गत १२ पुसमा निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पुरा भएपछि रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले उनलाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् ।

निमित्त रजिष्ट्रारको रुपमा बस्याल नियुक्त भएसँगै त्रिवि निमित्त पदाधिकारीको भरमा भएको छ ।

गत १६ कात्र्तिकमा निवर्तमान उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्याकाल सकिएपछि सरकारले तत्कालीन रेक्टर भुषाललाई तीन महिनाको लागि निमित्त उपकुलपतिको रुपमा १९ कात्र्तिकमा नियुक्त गरेको थियो ।

आगामी ६ चैतसम्म कार्याकाल रहेको भुषाल निमित्त उपकुलपतिमा नियुक्त भएपछि रिक्त रहेको रेक्टर (शिक्षाध्यक्ष) पदमा निमित्त उपकुलपति भुषालले कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.डा.भार्गव धिताललाई निमित्त रेक्टरको रुपमा नियुक्त गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button