Main
थ्री एक्स थ्री बास्केटबल शनिबार र आइतबार हुने

२१ भदौ, काठमाडौं । थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय महिला बास्केटबल टिमको आयोजनामा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता हुने लागेको हो ।
दुई दिने तियोगितामा यु-२३ महिला पुरुष तथा कर्पोरेटतर्फ महिला पुरुष विधामा प्रतिस्पर्धा हुनेछ । सबै विधामा गरी ३० भन्दा बढी टिम सहभागी हुने आयोजकले जनाएको छ ।
थ्री एक्स थ्री बास्केटबलमा एक टिममा चार खेलाडी हुनेछन् भने यो हाफ कोर्टमा खेलाइनेछ । प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।