Main

थ्री स्टारलाई पराजित गर्दै एनआरटी सेमिफाइनलमा

१३ फागुन, काठमाडौं । केपी ओली कप प्रतियोगिता २०८०को दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–०ले पराजित गरेको छ ।
यस जितसँगै एनआरटी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९औं मिनेटमा विवेक गुरुङले गरेको गोल नै निर्णायक भएको हो ।
२९ औं मिनेटमा विवेकले फ्रि किकमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्री स्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

आजको दोस्रो खेल भन एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे दुई विभागीय डर्बी त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबिच हुनेछ ।

यस प्रतियोगिताको फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामा हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button