Main
दशैं बिदामा पनि मानव अधिकार आयोग खुला रहने
२२ असोज, काठमाडौं । दशैं बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोग खुला रहने भएको छ ।
आयोगका सहसचिव टीकाराम पोखरेलले प्रेस नोट निकालेर दशैं बिदामा पनि आयोग खुला रहने जानकारी दिएका हुन् ।
उनका अनुसार दशैं बिदाको अवधिभर आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म खुला रहनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।