Main

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२ कात्तिक, बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लागेको रा१ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button