Main
दाङ दुर्घटनामा साहित्यकार ताराकान्त पाण्डेयको निधन

काठमाडौं । शनिबार दाङको भालुवाङमा भएको सवारी दुर्घटनामा साहित्यकार तथा समालोचक प्रा. डा. ताराकान्त पाण्डेयको निधन भएको छ । २०१७ साल असोज ८ गते रुपन्देहीमा जन्मेका उनी २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय थिए ।
उनका कलासाहित्यः भूमिका र मूल्यांकन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यंग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुध्द (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचनाप्रधान कृतिहरु प्रकाशित थिए ।
पाण्डेय आलोचना, कलम जस्ता साहित्यिक पत्रिका समेत सम्पादक थिए । प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।