Main

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

३० कात्तिक, धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । ७ जना घाइते छन् ।

शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे बताए । मृतककाे सनाखत हुन बाँकी छ ।

उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेकाे हुनसक्ने भएकाले खाेजी भइरहेको छ ।

मालिकार्जुनबाट गाेकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे ।

जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेकाे छैन ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button