Main

दीपक लामाले ल्याए सेलो गीत ‘साहिंली’

काठमाडौं । गायक दीपक लामाले नयाँ सेलो गीत ‘साहिंली’ ल्याएका छन् । तामाङ लयको यो गीतमा छेवाङ डी स्याङ्बोको शब्द तथा संगीत छ । जोगलाल लामाले एरेन्ज गरेका छन् ।

ओ साहिंली ओ

तिम्रो त्यो मायाले मन खायो

मोहनी लायो कि साहिंलीले

खै कुन्नि के गर्‍यो थाहा छैन

सम्झना तिम्रै आइरहने तिम्रै

मोहनी भन्दा नि कम छैन

मनको कुरा प्रेमिकालाई दर्शाउने भावको गीत अर्पण रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सानैदेखि संगीतमा लगाव राख्ने दीपकले अन्य गीत पनि विस्तारै सार्वजनिक गर्दै जाने बताएका छन् । उनी पर्साको ठोरीका स्थायी बासिन्दा हुन् ।

‘साहिंली’लाई ‘प्रेम लामा’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button