Main

दुई उमेर समूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

२४ असार, काठमाडौं । आईएचएफ ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३३ सदस्यीय नेपाली ह्यान्डबल टोली मंगलबार भारतको जयपुर प्रस्थान गर्दैछ ।

जुलाई १० देखि १४ तारिखसम्म हुने दक्षिण एसियालीस्तरको प्रतियोगितामा नेपालले पुरुष यू–१८ र यू–२० उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ ।

यू–१८ टोलीको खेलाडीमा सोनिश तामाङ, हविन छन्त्याल, रोशन विक, विवेक थापा, ऋतिक परियार, प्रशनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, निरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा छन् ।

यू–२० मा प्रलेश गुरुङ, सुदीप घले, निशान परियार, मनीषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राणा, दबिन जुग्जाली पुन, मिलन खवास, मनीष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दीपेश खड्का र सुमित राणा रहेका छन् ।

टोली नेतामा नेपाल ह्यान्डबल संघ, तदर्थ समितिकी संयोजक कुसुमकुमारी श्रेष्ठ तथा प्रशिक्षकमा विन्दाकुमारी माहाराजी, कृष्णबहादुर शाक्य, विशाल बस्नेत र दिनेश श्रेष्ठ रहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button