Main
दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न

२८ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ (क्याब) नेपालले दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न गरेको छ ।
क्याब नेपालले जेठ २२ देखि २४ गतेसम्म गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित संघको आफ्नै तालिम केन्द्रमा प्रशिक्षण सञ्चालन गरेको थियो ।
तीन दिने प्रशिक्षण तालिममा देशका विभिन्न भागबाट दृष्टिविहीन क्रिकेट खेलाडीहरू तथा प्रशिक्षकहरू सहभागी भएका थिए ।
कार्यक्रममा आईसीसी लेभल वान प्रशिक्षक मुस्कान थापा तथा प्रशिक्षक नहेन्द्र निरौलाले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम सहभागीहरूले दृष्टिविहीन क्रिकेट खेलाडीहरूलाई प्रशिक्षित गर्न आवश्यक विभिन्न कौशल र प्रविधिहरूको विषयमा प्रशिक्षण हासिल गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।