Main

त्रिभुवन विमानस्थलमा संकटकालीन अभ्यास गरिँदै

काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण राेकेर संकटकालीन अभ्यास गरिने भएकाे छ।

साेमबार दिउँसाे एक बजेदेखि साढे एक बजेसम्म संकटकालीन अभ्यास गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल नागरिक उड्डयन कार्यालयले जनाएकाे छ।

कार्यालयकाअनुसार उक्त अवधिमा सबै उडान र अवतरण प्रभावित हुनेछ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्दारसँग सम्बद्ध विभिन्न निकायहरुकाे सहभागितामा विमानस्थल संकटकालीन याेजनाअनुसार गरिने विभिन्न अभ्यासहरुमध्ये अलर्ट ९.३.२ सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ।

अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागि हुने विभिन्न निकायहरुबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागि निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याइन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको प्राधिकरणले जनाएकाे छ।

यस अवधिमा विमानस्थल वरिपरिकाे आकाशमा कालाे धुँवाका साथै दमलकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिहरु देख्न सकिने छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button